यसकारण राहुल द्रविडले चुनावमा भोट हाल्न नपाउने भए

0

भारतीय पूर्व क्रिकेटर राहुल द्रविडले जारी चुनावमा भोट हाल्न नपाउने भएका छन् । मतदाता नामावलीमा नाम नभएपछि उनले भोट हाल्न नपाउने भएका हुन् ।

भारतीय क्रिकेटको निष्ठावान छवी बनाएका द्रविडले ब्यस्तताका कारण मतदाता नामावलीमा नाम दर्ता गर्न भ्याएनन् । द्रविड कर्नाटक राज्यका निर्वाचनका सद्भावना दुत समेत थिए । बेग्लोरको इन्दिरानगरबाट अश्वासथनगर बसाईं सरेका द्रविडले त्यहाँ आफ्नो नाम दर्ता गर्न नभ्याएपछि यो निर्वाचनमा उनले मतदान गर्न नपाउने भएका हुन् ।

‘उनी अर्को स्थानमा बसाईं सरेपछि हाम कर्मचारी धेरै पटक उनको घरमा पुगेका थिए । तर, उनी उपलब्ध हुन सकेनन्,’ कर्नाटकका प्रमुख निर्वाचन अधिकृतले बताए । ‘अब ढिला भइसक्यो,’ त्यहाँबाट दुई करोडभन्दा बढी महिलासँगै त्यतिकै संख्यामा पुरुषको नाम मतदाता नामावलीमा छ ।

मतदाता नामावलीमा उनको नाम समावेश गर्नका लागि निर्वाचन समितिलाई अग्रह गरेको छ । ‘निर्वाचमा सबैलाई भोट हाल्नका लागि आह्वान गर्नेकै नाम नामावलीमा नहुँदा अचम्म लागेको छ,’ इण्डिन प्रिमियर लिगका प्रमुख राजिव शुक्लाले ट्वीट गरेका छन् ।

Post Add 1025X115

Loading...