जुडाेमा आर्मीले ४ स्वर्ण जित्न सफल

0

राष्ट्रिय खेलकुद अन्तगर्त आज भएको जुडो खेलमा नेपाल आर्मीले चार स्वर्ण जितेको छ ।

नेपालगञ्जको कारकाँधो कर्भडहलमा भएको खेलमा आर्मीले पुरुष तर्फ एक र महिला तर्फको प्रतिस्पर्धामा तीन स्वर्ण जिते । उसका लागि ९० केजी तौल समुहमा सुर्यमान लामाले नेपाल पुलिसका श्रिराम मकाजुलाई फाइनल खेलमा हराउँदै स्वर्ण चुमे ।

यता महिला तर्फको ६३ केजी तौल समुह प्रतिेयोगितामा निर्मला घर्तीमगर , ७८ केजीमा पुनम श्रेष्ठ र ७८ केजी भन्दा माथिको तौल समुहमा आकृती जोशीले स्वर्ण हात पारिन् ।

पुरुष तर्फको ७३ केजी तौल समुहमा नेपाल पुलिसका सञ्जित डंगोल बिजयी भए भने १०० केजी तौल समुहमा नेपाल पुलिसकै रबीन श्रेष्ठ बिजयी भए । यता महिला तर्फमा भने देविका छन्दयालले स्वर्ण जित्न सफल भइन् ।

Post Add 1025X115

Loading...