ओलम्पियन फुपूल्हामु खत्री प्रतिबन्धमा, कारण यस्ताे

0

ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्मका लागि प्रतिबन्ध लगाएकाे छ । जापानमा अाेलम्पिक छात्रवृतीका लागि गएपनि काेर्ष पुरा नगरी नेपाल फर्किएपछि कारवाहि स्वरूप उनीमाथि प्रतिबन्ध लगाएकाे हाे ।

नेपालका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियाेगितामा सहभागिता जनाएकी फुपु जुडाेकी सफल खेलाडी हुन । उनले नेपालका लागि रियो ओलम्पिकमा पूरै ४ मिनेट समय खेल्दै नयाँ इतिहास बनाएकी थिइन । यस्तै सागमा पनि उनले नेपालका लागि पदक दिलाएकी थिइन । जुडोको ६३ केजी तौल समूहमा फुपूले आठौं राष्ट्रिय खेलकुद भने खेल्न पाइनन्र ।

जुडाे संघले उनलाइ करीव ८ महिनाकाे प्रतिबन्ध लगाएपछि प्रदेश ५ मा जारी अाठाैं राष्ट्रिय खेलकुदबाट बञ्चित भएकी हुन ।

यस्ताे थियाे जापानबाट फर्किएकाे कारणः

‘भागेर आयो भन्छन्’-तर जापानबाट यसकारण फर्किएँ-फुपुल्हामु

अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सोलीडारिटी कोर्सका लागि करीव आठ महिना अगाडी जापान गएकी ओलम्पियन जुडो खेलाडी फुपु ल्हामु खत्री निकै कठिन परिस्थितीका विच फर्किएकी छिन । ओलम्पिक सोलिडारिटीको कोर्षका लागि जापान जाँदा जुन सोचाईका साथ उनी गएकी थिइन त्यो नपाएपछि उनले विचैमा कोर्ष त्यागेर फर्किएकी हुन । प्रशिक्षणको विचमा नै फर्किएपछि फुपु विरुद्ध जुडो संघ र नेपाल ओलम्पिक कमिटी निकै रुष्ट देखिएको छ ।

सो कोर्ष नै नसकी विचमा नै फर्किएपछि जुडो संघका अध्यक्ष दीपकहर्ष बर्जाचार्यले भने– ‘उनले हामीलाई पहिले निकै गार्हाे भयो भनेर जानकारी गराएकी थिइन, तर हामीले उनलाई राक्ने प्रयास गरेका थियौ, उनलाई के गाहे भएको छ, त्यो बुझ्न खोजेका थियौ, यसकालागि ओलम्पिक कमिटीसँग कुरा पनि गरेका थियौ ।’

‘हामीले उनलाई यसमा धेरै हातहरु हुन्छन, स्विकृती नलिइ आउन मिल्दैन भने पनि सम्झायौ, सायद मलाई लाग्छ उनी बस्ने होस्टेलमा उनलाई राम्रो बाताबरण भएन होला, तरपनि हामील सम्झाउदा पनि जानकारी नदिइ फर्किदा निकै गाहे भएको छ । किनकी त्यहाँ उनलाई सबै किसिमको सुविधा थियो, खानेबस्ने, प्रशिक्षण देखि पढ्नेसम्मको सुविधा थियो । तर खै अचानक के भयो उनी एक महिना भन्दा अगाडी करीव १५ दिनको विचमा अचानक नेपाल फर्किने निर्णय गरिन ।’

‘घरका मानिसले पनि हामीलाई प्रेसर दिएका थिए । साह्रै प्रेसर दिए पछि हामीले ओलम्पिक कमिटिमा सम्पर्क गर्यौं । त्यसपछि ओलम्पिक कमिटिले उनीहरुले पठाएको पहिलो रिपोर्ट आएको छ, त्यो हेरौं भन्यो । हामीले फाइनल रिपोर्ट पनि मागेका छौं । त्यसपछि के भएको हो त्यो थाहा हुन्छ । पहिला पनि उसको नियमित रिपोर्टहरु हामीले पाएका थियौं । त्यसमा उ पनि सन्तुष्ट थिएन र रिपोर्ट पनि त्यति सन्तुष्ट हुने खालको आएको थिएन् । उसले राम्रो गर्न नसकेपछि हामीलाई धेरैनै थ्रेट दिइन ।’

‘परिवारले यो कुरा थाहा पाए पछि डराएर जापान टिकट पठाएको कुरा उसको दिदीले बताएकी थिइन् । ओलम्पिक कमिटिले उसलाई फिर्ता बोलाउने भनेर कुरा भइसके पछि मैले इमेल पनि गरेको थिए ।तर जवाफ आएन । मलाई चिन्ता त लागि रहेको थियो । भोलिपल्ट उसको दिदीसँग कुरा गर्दा फुपु त सोमबार मंगलबारसम्म मात्र पर्खने कुरा गर्छ । त्यसैले हामीले टिकट पठायौं उ त अहिले हङकङ आइसक्यो भनिन् ।’

‘विचमा छोडर आयो, फर्केर आयो, भागेर आयो भन्ने कुरा सुन्दैछु तर किन फर्किए त्यो मलाईमात्र थाहा छ । बाताबरण नै भएन, कन्ट्रोलमा राख्ने, साथिहरु नबोल्ने, आफै आफै बोल्ने, मलाई स्पेस नदिने, आफै घुम्न जाने, २४ घण्टा एक्लै हुने, निकै कठिन भयो, धेरै कुराहरु छन तर भनेर के गर्नु, गाहे छ ।’

‘त्यहाँ हामी समुह त समुहमा नै प्रशिक्षण गथ्र्यो, साथीहरु त हुन्थे, तर उनीहरु बोल्न नखोज्ने, म नेपालको भनेर स्पेस नदिने, प्रशिक्षण हुँदासँगै भएपनि त्यसपछि होस्टेलमा एक्लै हुने, मोबाइल चलायो, बस्यो, मोबाइल चलायो, पढ्यो, २४ घण्टा एक्लै जस्तो, कति गाहे भयो त्यो मलाई मात्र थाहा छ । मलाई कति गाहे भयो त्यो मलाई मात्र थाहा छ तर उहाँहरुलाई बुझाउन सकिन की बुझ्नु भएन थाहा भएन ।’

‘मैलै सबैलाई खवर गरेको थिए, मैले दिपक र जीवनरामलाई खवर गरेको थिए, मलाई धेरै गाहे भयो, के गर्ने सर भनेर बारम्बार भने, त्यत्रो ६ महिना हंगेरीमा प्रशिक्षण गरेर आएको हो, गर्न त सक्छु तर यहाँको बाताबरणमा म गर्न सक्दिन, हार खाएर फर्किने मान्छेपनि होइन, पहिलो पटक यस्तो गाहे भयो के गर्ने सर भनेको थिए, उहाँहरुले ल ठिक छ, हामी जापनीजहरुलाई भनेर प्रक्रिया अगाडी बढाउनुपर्छ भन्नुभयो, मैले कति दिन लाग्छ भन्दा ५-६ दिनसम्म पनि रेस्पोन्स आएन, मलाई त्यहाँ बस्न निकै गार्हाे भइसकेको थियो, जीन्दगीमा नहुने गाहे भएको थिएन ।’

‘म के गर्ने कसो गर्ने भनेर दिमाग नै चल्न छोड्यो, दिमाग पुरै ब्ल्यांक भयो, सरहरुलाई मैले तपाईहरुले गर्न सक्नुहुन्न भने म आफ्नो तरिकाले अगाडी बढ्छु भने, मलाई के लाग्यो भने उहाँहरुले मेरो फिलिङ नै बुझ्न नसकेको जस्तो लाग्यो । म मुर्नपर्ने बाध्यता आइसक्यो भन्दा उहाँहरुले मैले सुसाइड गर्छु भनेर धम्क्यायो जस्तो बुझ्नु भएन, मैले बारम्बार सरहरलाई आफ्नो कठिनाइका बारेमा भनेको हो, जानकारी नदिएको आयो भनेर भन्न मिल्दैन सरहरुले हैन, मैले हरेक पटक म्यासेज गरेको थिए, तर अब म हिडे आज हिड्न लागेको भनेर भनिन, बारम्बार म्यासेज गर्दापनि हुन्छ भोली पर्सिसम्म भन्नु हुन्थ्यो तर खै अहिलेसम्म भएन अब कुर्न सक्दिन भनेर हिडेको हो ।’

परिवारमा रूवाबासी

‘यता परिवारमा आमा र दिदी जहिले रुने गार्हाे भइसक्यो, छोरीलाई के गर्ने कसो गर्ने भनेर, सबैले मेडल ल्याउछ फुपुले भनेर भन्ने, तर गाहे पर्दा कसैले पनि ध्यान नदिने, आफ्नो परिवारकै सपोर्टमा फर्किएको हो ।’

‘यता आएपछि मैले दिपक सरलाई जानकारी गराए, दिपकसरले आयौं ठिकै छ अब के गर्ने भन्नु भयो, अनि एक दिन भेट्न बोलाउनु भयो, म आमासँग बौद्धमा काममा थिए, त्यहिपनि मैले सरलाई मिटिङ छ भने म आउछु भने, तर होइन अब तिमी एउटा निवेदन लेखेर देउ भन्नु भयो मैले निवेदन पनि लेखेर दिए, तर त्यसपछि दुई साता भन्दा बढी भइसक्यो केहि रेसपोन्स आएको छैन ।

उता प्रशिक्षण कडा भन्दापनि त्यहाँको बाताबरणमा घुलमिल गर्न नै निकै कठिन भएको हो, यदि त्यहाँको बाताबरणमा भिज्न सकेमा बस्न सकिन्छ, म चाहि निकै कठिन नै भएर फर्किएको हो ।

पछिल्लाे एक महिना देखि फुपु नेपालमा नै छिन । तर याे समस्यालाइ लम्ब्याउनु भन्दा यसलाइ कसरी सल्ट्याउने त्यसमा ध्यान दिन जरूरी छ ।

Post Add 1025X115
Loading...