अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठ दोस्रो साता

0

राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ।

जेठ ९ देखि ११ गतेसम्म हुने दुई दिने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउँने आयोजक राष्ट्रिय गोजुरियो कराँते दो संघले जनाएको छ।

संघले सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन विधामा प्रतिस्पर्धा हुने जनायो।
प्रतियोगिता संयोजक तथा संघका केन्द्रीय महासचिव प्रकाश चन्दका अनुसारतीनवटै स्पर्धामा ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुनेछ। कुल ४१ लाख ९१ हजार बजेट रहेको प्रतियोगिताको टिम च्याम्पियनले ७५ हजार पुरस्कार पाउँनेछन्। जुन नेपालको इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशी समेत रहेको उनले बताए।

खुल्ला प्रतियोगिता भएकाले नेपालबाट सातवटै प्रदेश, स्कुल, कलेज, डोजो तथा विभागीय खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउँने संघले जनाएको छ। १६ वर्षदेखि नियमित रुपमा हुदैँ आएको प्रतियोगिताको विभिन्न स्पर्धामा भारतका मात्रै ४ सय बढी खेलाडीले सहभागिता हुने संघले जनाएको छ।

Post Add 1025X115

Loading...