हक्कीकाे सेमिफाइनलमा पुग्ने चार वटै टिमकाे टुंगाे लाग्याे

0

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत हक्कीकाे सेमिफाइनल समिकरण पुरा भएकाे छ । प्रतियाेगिताकाे लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले प्रदेश २ लाई अाधा दर्जन गाेलले हराएपछि सेमिफाइनल पुग्ने चार वटै टिमकाे टुंगाे लागेकाे हाे ।

पुलिसकाे जितमा रोमन रानाले ४ गोल गरे ।

जितसँगै पुलिस समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ भने उपविजेताका रूपमा त्रिभुवन आर्मी अन्तिम चारमा पुगेकाे छ । समूह बी बाट प्रदेश ५ समूह विजेता र सुदूरपश्चिम उपविजेता बनेको छ । भाेली हुने पहिलो सेमिफाइनलमा पुलिस र प्रदेश ७ तथा दोस्रोमा प्रदेश ५ र आर्मी बिच प्रतिस्पर्धा हुनेछ ।

Post Add 1025X115

Loading...