लन टेनिसमा संरक्षणले दिलाए एनआरएनका लागि स्वर्ण

0

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको रुपन्देहीमा सम्पन्न लन टेनिस खेलमा शशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण जितेको छ । एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिमगरि ५ ईभेन्टमा स्वर्ण हातपारेको हो । प्रतियोगितामा नेपाली सेनाले महिला टिम ईभेन्टतर्फ एक मात्र स्वर्ण तथापहिलो पटक प्रतियोगितामा भाग लिएको एनआरएनले पुरुष एकलमा स्वर्ण हातपारेको हो ।

देविनगरस्थित लन टेनिस कोर्टमा सोमबार भएको पुरुष एकलको फाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले नेपाली सेनाका प्रनव खनाललाई ६–२, ६–२को सोझो सेटमा पराजित गर्दै स्वण आफनो पक्षमा पारे ।  यसैगरि खेलमा एपीएफका सन्तोष खत्री, प्रदेश नं ४ का प्रदिप खड्काले कास्य पदक हात पारे ।

महिला एकलतर्फको फाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाकाअभिलाषा विष्टलाई पराजित गर्दैै स्वर्ण जितिन । उनले फाईनल खेलमा ६–२, ६–० का जित निकालेकी हुन ।खेलमा प्रदेश नं. ३ का रायना शाह र नेपाली सेनाकी ईरा रावतले कास्यपदक जितेका छन ।

एक कार्यक्रमका बिच विजेता, उपविजेता खेलाडीहरुलाई नेकपा प्रदेश सचेतक भुमिश्वर ढकाल, नेपाललन टेनिस संघका केन्द्रिय अध्यक्ष ज्योती राणा, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देहीलन टेनिस संघका सचिवगोपाल ज्ञवाली, रुपन्देहीजिल्ला खेलकुद समितिकाअध्यक्ष योग गुरुङ, उपाध्यक्षमुक्तिअधिकारीले पदकतथा प्रमाणपत्र वितरण गरेका छन ।

रुपन्देहीमा पुरुष एकल, पुरुष युगल, महिला एकल, महिला युगल, मिश्रित युगल र टिम ईभेन्ट गरि सात वटा स्वर्ण पदकका लागि प्रतिस्प्रर्धा भएको थियो ।

Post Add 1025X115

Loading...