चेल्सीमाथि २-० काे जित निकालेकाे लिभरपुल शिर्ष स्थानमा

0

इग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल फेरी फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो ।

घरेलु मैदानमा लिभरपुलकाे जित दिलाउन साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीकाे खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलाहले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

जितसंगै म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

Post Add 1025X115
Loading...