म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

0

काठमाडौं, १ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि ३–१ गोल अन्तरले पराजित गर्दै सिटी कम्तिमा साढे १ घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा सिटीको ८३ अंक छ भने दोस्रो स्थानको लिभरपुलको ८२ अंक छ ।

लिभरपुलले आइतबार नै चेल्सीसँग खेल्दै छ । उक्त खेलको नतिजाले शीर्ष तालिकामा प्रभाव पार्ने छ । सिटीको जितमा दुई गोल रहिम स्र्टलिङले गरेका थिए भने एक गोल ग्याब्रियल जेससले थपे ।

स्र्टलिङले १५ औं तथा ६१ औं मिनेटमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाएका थिए । तर ८१ औं मिनेटमा क्रिष्टलका लुका मिलभोजिकले एक गोल फर्काउँदै अग्रता २–१ मा झारेका थिए । तर खेल ९० औं मिनेटमा ग्याव्रियल जेससले गोल गरेपछि सिटी ३–१ गोलले विजयी हुन सफल भयो ।

Post Add 1025X115

Loading...