कल्पना गर्नुस त, बैशाखीको सहाराले फुटबल खेल्ने !

0

म्यानमार, १ वैशाख । म्यानमारको यांगुनका कुआंग खात लिन १६ वर्षका भए । उनको दायाँ खुट्टा खराब छ । जसका कारण उनी बैशाखी लिएर हिँड्छन् । तर उनी राम्रो फुटबल खेल्छन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।

वैशाखीको सहाराले हिँडे पनि फुटबल खेल्दा देव्रो खुट्टाले राम्रोसँग बललाई नियन्त्रणमा लिन सक्छन् । अझ अचम्मको कुरा के हो भने उनी हालै भएको स्थानीय टुर्नामेन्टमा कुआंग वेस्ट प्लेयर नै भए । उनी अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीका ‘डाइ हार्ट’ फ्यान पनि हुन् ।

कुआंगले भने ‘जब म फुटबल खेल्न शुरु गर्छु मैले मेरो खुट्टा कमजोर छ भन्ने कुरा नै विर्सन्छु र अरु सामान्य मान्छे जस्तै खेल्छु । उनी अहिले पनि नियमति म्यानमारको यंगुन बाहरको क्षेत्रमा रहेको फुटबल मैदानमा अभ्यास गर्दै आएका छन् । खेल्दा पनि बैशाखी नछाड्ने कुआंगमा विपक्षी खेलाडीलाई बल छलाउने कला अचम्मको रहेको छ ।

उनको खुट्टा सानैदेखि खराब थियो । पाँच वर्षको उमेरमा पाँच वर्षको उमेरमा बैशाखीकै सहारमा रहेका बेला फुटबल किक हानेका थिए । उनका साथीहरुले कुआंगलाई फुटबलमा रोक्न गाह्रो पर्ने बताउँछन् ।

स्कूलमा पनि उनी मेहनती विद्यार्थीमा पर्छन् । उनको इच्छा भनेको मेकानिकल इन्जीनियर बन्ने र फुटबलको प्रशिक्षक बन्ने छ । (एजेन्सीकाे सहयाेगमा)

Post Add 1025X115

Loading...