आठौ राष्ट्रिय खेलकुदः एक त खेपिनसक्नु गर्मी, त्यसमा पनि खेलाडी पाेशाकका लागि भाैतारिदै

0

कुनैपनि प्रतियोगिता सुरु हुनभन्दा अगाडी नै कुन खेलले कस्तो पोशाक लगाउने र कस्तो ड्रेसमा प्रशिक्षण गर्ने र खेल्ने भन्ने एकिन भइसक्नुपर्ने हो । तर आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको दुई दिन भइसक्दापनि सहभागी खेलाडीले पोशाक र खेल सामाग्री समेत पाउन सकेका छैनन ।

५ नम्बर प्रदेशका बाँके बर्दिया, दाङ, कपिलबस्तु र रुपन्देहीमा बुधबार देखि सुरु भएको आठौं राष्ट्रिय खेलकुदमा अधिकांश खेलाडीले अझैपनि आफुले लगाउने ड्रेस हात पार्न सकेका छैनन ।

यो प्रतियोगितामा महिला र पुरुष गरि ५ हजार २ सय ११ खेलाडी सहभागि छन । जसका लागि झण्डै आधा अर्व रुपैया खर्च गरिएको छ । प्रतियोगिता सुरु हुनु भन्दा अगाडी नै यो खेलले यस्तै ड्रेस लगाउने र यस्तो मा प्रशिक्षण गर्ने भनेर सबै काम भइसक्नु पर्ने हो । तर खेलाडी प्रतियोगिता सुरु भइक्दा पनि खै हाम्रो पोशाक भन्दै खोजिरहेको देखियो ।

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा मैदानमा जानु अघिनै खेलकुद परिषदले खेलाडीलाई परिषदको लोगो अंकित पोशाक उपलब्ध गराएको थियो । तर यसपटक खेलाडी आफैले पोशाक किनेर लगाउनु परेपछि आक्रोशित भएका छन् ।

परिषद्ले खेलाडीलाई पोषाक उपलब्ध गराउनका लागि प्रदेश खेलकुद विकाश समिती हुँदै जिल्ला खेलकुद विकाश समितीमा पठाएको बताएको छ । तर यता खेलाडी भने आफुहरुले ड्रेसका लागि पाउने भनेको रकम नै नपाएको बताएका छन ।

आफ्नो स्थानको नाम उचो पारौला भनेर राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका खेलाडी यो परिस्थितीले निकै दुखी बनेकामात्र छैनन, बृहत राष्ट्रिय खेलकुदको अर्थमा नै शंका उत्पन्न गरेको छ ।

Post Add 1025X115
Loading...