आठौं राष्ट्रिय खेलकुदः टेबल टेनिसमा पुलिसले चार स्वर्ण जित्याे

0

आठौँ राष्ट्रिय खेलकुद अन्तरगत दाङमा भएको टेबल टेनिसमा नेपाल पुलिस क्लबले चार स्वर्ण जितेको छ ।

सातवटा बिधामध्ये पाँचवटा बिधाका खेल सम्पन्न हुँदा नेपाल पुलिस क्लबले चार र सशस्त्र प्रहरी बलले एक स्वर्ण हात पारेका हुन् । महिला टिम इभेन्टमा नेपाल पुलिस क्लबले सशस्त्रलाई ३–१ को सेटमा पराजित ग¥यो । महिला डबल्समा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

पुरुष डबल्समा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा पराजित ग¥यो । मिक्स्ड डबल्सको फाइनलमा दुबै नेपाल पुलिस क्लबबाटै प्रतिस्पर्धा भएको थियो । स्यान्तु श्रेष्ठ र नविता महर्जनको जोडीले विनेश खनिया र एलिना महर्जनको जोडीलाई ३–१ को सेटमा हरायो । टिम इभेन्टको पुरुष तर्फ भने सशस्त्र प्रहरी बलले स्वर्ण जितेको छ । उसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

पुरुष र महिला सिङ्गल अन्तरगत आज क्वाटरफाइनलसम्मका खेलमा पनि बिभागिय टिम नै अगाडी छन् । फाइनल खेल भोली हुने छ ।

Post Add 1025X115
Loading...