आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक पुलिसले जित्याे

0

आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले टेबल टेनिसको महिला टिम इभेन्टमा जितेकाे छ । उसले फाइनलमा एपीएफ क्लबलाई ३-१ काे सेटमा हराउँदै स्वर्ण जितेको हो ।

पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३-२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३-० ले पराजित गरीन भने मन्जु सुवाल एपीएफकी सिक्क सुवालसँग ३-१ ले हारेकी थिइन ।

तर नविताले सेलिषालाई ३-१ काे सेटमा हराएपछि पुलिसले  आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक चुम्याे । 

 

Post Add 1025X115
Loading...