टेबल टेनिसकाे महिलामा एपीएफ र पुलिस फाइनलमा

0

दाङमा आजबाट शुरु भएको आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसमा नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ ।

पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो । अर्कोतर्फ फाइनलका लागि सशस्त्र र प्रदेश नं ३ भिड्दै छन् । जित्ने टीम भोली नेपाल पुलिष क्लवसँग खेल्ने छ । आज पुरुष टीम अन्तरगत क्वाटरफाइनल खेलहरु भएका छन् ।

टेबलटेनिसमा सात प्रदेश र तीन विभागीय टीमबाट एक सय २० खेलाडीले प्रतिस्पर्धा गरेका छन् । महिला पुरुष सिंगल्स, डबल, टिम र मिक्स डबल्स गरि ७ वटा बिधामा खेल हुने छ । अर्काे खेलमा एपीएफले प्रदेश ३ लाइ तीन शुन्यकाे साेझाे सेटमा हराउँदै फाइनलमा स्थान बनायाे ।

Post Add 1025X115
Loading...