अदृश्य हुनपाएँ भने साथीले के कुरा गर्छन भनेर सुन्थे – सन्दिप लामिछाने

0

अन्तराष्ट्रिय फ्रेन्चाइज लिगमा नेपालको प्रतिनिधित्व गरेर चर्चा कमाएका सन्दिप लामिछाने यतिबेला इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । उनले अहिलेसम्म आइपीएलमा चार खेलमा ५ विकेट लिएका छन । सन्दिपसँग उनको टिम दिल्लीले गरेको र्‍पीड फायरः

एउटा कुरा जसमा गर्व गर्नुहुन्छ ?
म आफै ।
एउटा खानेकुरा जसलाई छोड्न सक्नु हुन्न ?
नेपाली थकाली खाना, जुन जहिलेपनि आफुलाई लोभ्याउछ ।
जीवनको ठुलो सपना के छ ?
नेपालका लागि विश्वकप खेल्नु र टेष्ट खेल्नु ।
एक देखि १० मा आफुलाई रेट गर्दा कतिको कुल हुनुहुन्छ ?
१० मा ९ ।
कस्तो पसलमा तपाई धेरै सपिङ गर्नु हुन्छ ?
कपडा पसलमा ।
तपाईको सुपर हिरो को हो र किन ?
मेरो बुवा, उहाँले हाम्रो लागि निकै धेरै गर्नुभएको छ । उहाँले सबै कुरा हाम्रालागि दिएका छन । बच्चादेखि अहिलेसम्म बुवाको योगदान धेरै छ, त्यसैले बुवा ।
३ शब्दमा आफुलाई बयान गर्दा ?
दिलदार, साधारण ब्यक्ति र इमान्दार ।
तपाई उठ्ने वितिक्कै पहिलो काम के गर्नुहुन्छ ?
फोन चलाएर आफुलाई कसले म्यासेज गरेको छ, साथीभाई र परिवारले हेर्छु ।
आफ्नो मनपर्ने गितको एक लाइन अर्को टोनमा गाउन सक्नुहुन्छ ?
त्यो गर्न गाहे हुन्छ, आफ्नो मनपर्ने गितलाई अर्को टोनमा गाउन कठिन हुन्छ ।
तपाईको मनपर्ने बानी ?
क्रिकेट बाहेक, गित गाउने ।
तपाई विहानको ब्यक्ति की रातीको ब्यक्ति ?
नाइट ब्यक्ति ।
तपाईको मनपर्ने फिल्मको भनाई ?
म खासै मुभिहरु हेर्दैन त्यसैले भन्न सकिन्न ।
तपाईलाई मननपर्ने एउटा ठाउँ जहाँ दिक्क लाग्छ ?
ट्राफिक जाम ।
यदि तपाई अदृष्य हुने भयो भने कहाँ जानुहुन्थ्यो ?
म आफ्नो साथीसँग गएर उनीहरुले के कुरा गरिरहेको छ, थाहा पाउथे र उनीहरुलाई सम्झाउथे ।
यदि तपाई कुनै पेन्ट गर्नुभयो भने के गर्नु हुन्छ ?
आफ्नो स्पेशल ब्यक्ति जो भविष्यमा मेरो साथ हुन्छ ।

भिडियाे पनि हेर्नुहाेस

Post Add 1025X115
Loading...