पाँचौं ‘मिस्टर फिटनेस फर्स्ट’ शनिबार

0

नेप्लेज, २४ असोज । नैकापको फिटनेस फर्स्ट क्लबको आयोजनामा हरेक वर्ष हुने मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोर्टस् फिजिक च्याम्पियनसिपको पाँचौं संस्करण चैत ३० गते शनिबार आयोजना हुने भएको छ ।

क्लवस्तरीय प्रतियोगितामा फिटनेस फर्स्टसहित कलंकी क्षेत्रका तीन जीम क्लबका खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरु सतुंगल पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।

एक दिने प्रतियोगितामा पाँच तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीभन्दा माथि स्पर्धामा प्रतिस्पर्धा गर्ने जानकारी फिटनेस फस्र्ट कमिटीका अध्यक्ष राजकुमार कुँवरले जानकारी दिए ।

सबै तौलसमूहमा स्वर्ण पदक विजेताले १० हजार, रजत विजेताले ५ हजार र काश्य विजेताले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पाँचौं तौलसमूहका स्वर्ण विजेता मध्येबाट ओभरअल प्रतिस्पर्धा गराइनेछ । जसको विजेताले ‘मिस्टर फिटनेस फर्स्ट’ उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

त्यस्तै मेन्स फिजिक्स बिधा अन्तर्गत १६५ सेमी मूनि र १६५ सेमी माथि गरी दुई स्पर्धा हुनेछ । दुवै स्पर्धाको स्वर्ण विजेताले १५ हजार, रजत विजेताले ७ हजार र काश्य विजेताले ३ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका लागि करिव ७ लाख बजेटको अनुमान गरिएको छ ।

यस प्रतियोगिताका विजयी खेलाडीहरुले बैशाख २० र २१ गते हुने मिस्टर हिमालय शारीरिक शुगठन प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताका अवसरमा थाइल्याण्डमा सम्पन्न दशौं विश्व शारीरिक शुगठन प्रतियोगितामा स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Post Add 1025X115
Loading...