पहिलाे पटक यू-१९ टिमकाे कप्तानी गरिरहेका राेहित भन्छन-‘विश्वकप खेल्नेछाै’

0

नेपाली यू-१९ क्रिकेट टिमकाे कप्तान रहेकाे राेहित कुमार पाैडेल पछिल्लाे पटक युवा खेलाडीमा चर्चित नाम हाे । विश्वमा अर्धसतक बनाउने सबै भन्दा कान्छाे खेलाडीकाे कीर्तिमान बनाएकाे राेहित नेपाललाइ उमेर समुहकाे विश्वकपमा पुर्याउने लक्ष्यमा छन । मलेसियामा हुने विश्वकप छनाेटमा राेहित पहिलाे पटक टिमकाे कप्तानी गर्दैछन ।

राेहित नेपाली क्रिकेटमा उदाएकाे धेरै भएकाे छैन ।

सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेल्यो। सारा नेपालीको ध्यान उक्त विश्वकपले तानेको थियो। उक्त विश्वकपमा नेपाली टोलीको प्रदर्शनले निकै चर्चापनि बटुल्यो। त्यसले धेरै नेपाली युवालाई क्रिकेट तर्फ आकर्षित गरेको थियो। त्यसमा एक थिए, रोहित।

त्यसता रोहित नवलपरासीमा स्थानीय साथीभाईहरुसँग रमाइलोका लागि टेनिस बलले क्रिकेट खेल्थे। विश्वकप खेलेपछि नेपाली टोलीले पाएको चर्चाबाट रोहित पनि आकर्षित भए र उनमा पनि क्रिकेटर बन्ने रहर पलायो।

बाँकि भिडियाेमा

Post Add 1025X115

Loading...