न्यू डायमण्डको यू–१५ भलिबल टोली क्रोएशिया प्रस्थान

0

काठमाडौं, १३ चैत । क्रोएशियामा आयोजना हुन लागेको आईएसएफ वल्र्ड स्कूल च्याम्पियनिसिप यू–१५ भलिबल खेल्न जाने न्यू डायमण्डको टोलीलाई विदाई गरिएको छ ।

न्यू डायमण्ड स्कूलको यू १५ टोलीलाई नेकपामा नेता नारायणकाजी श्रेष्ठले विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, विश्वविद्यालय खेलकुद संघ, नेपालका अध्यक्ष प्रदीप जोशी, राष्ट्रिय तेक्वान्दो संघ–नेपालका अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका शिव कोइराला, पर्वतीय खेलकुद महासंघ, नेपालका अध्यक्ष गोविन्द भटट्राई, नेपाल भलिबल संघका सचिव मनबीर छन्त्याल, नेपाल स्पोर्टस् क्लाइम्बिङ्ग एसोसियसनका महासचिव मेघराज पौडेल, नेपाल कराँते महासंघका सचिव ओम कृष्ण प्रसाई, रा.खे.प कानुन शाखा प्रमुख नारायण राज अर्याल, विद्यालय महासंघका सचिव सुदिप शर्मा, राकेश कुमार राई, सोविन राज रेग्मी, कोषाध्यक्ष करबीर शाह लगायतको उपस्थिति थियो ।

प्रतियोगितामा नेपाल, बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपे, क्रोयसिया, फ्रान्स, इस्टोनिया, हङ्गेरी, मेसिडोनिया, नेदरल्याण्ड, स्पेन, युक्रेन लगायत २२ राष्ट्रका स्कूलहरुको सहभागिता हुने जनाइएको छ ।

१४ सदस्यीय न्यू डायमण्ड स्कूलका खेलाडीको नेतृत्व नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले गर्नेछन् । प्रतियोगिता ३० मार्चदेखि अप्रिल ६ तारिखसम्म आयोजना हुने छ ।

Post Add 1025X115

Loading...