प्रिन्सको विजय यात्रा जारी

0

सिल्क ग्रुपका प्रिन्स दाहाल १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजय यात्रा जारी राख्दै क्वाटरफाईनल प्रवेश गर्न सफल भएकाछन् । दाहालले पुरुष एकल, पुरुष युगल र ब्वाईज यु – १७ मा जित निकाल्दै तीनै विधामा क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

पुरुष एकलको प्रिक्वाटरफाईनल प्रतिस्पर्धामा दिपेशले एपिएफकै पेम्बा शेर्पालाई २२ । २०, २१ । ११ को कठिन जित निकाल्दै अन्तिम आठमा स्थान बनाएका हुन् । यस्तै दुवई अन्तराष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्सले अन्तिम आठमा स्थान बनाउन सेनाका दिवश संकरलाई २१ । ११, २१ । ७ ले पराजित गरे ।

एपिएफका खेलाडीहरुको बर्चस्व रहेको प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गर्ने अन्यमा एपिएफका गौतम सिंह कठायत, सुदीप सेढाई, सुनिल जोशी र साजन कृष्ण ताम्राकार रहेका छन् । गौतमले पुलिसका दीपक बोहरासंग १९ । २१, २१ । १३, २२ । २० र सुदीपले एपिएफकै निरञ्जन देवकाटासंग २१ । १७, १२ । २१, २१ । १९ को कठिन जित निकाले । सुनिलले पुलिसका बिष्णु कटुवाललाई २१ । १६, १८ । २१, २१ । १४ ले र साजनले एपिएफकै निराजन देवकोटालाई २३ । २१, २१ । १५ को जित हात पारे । यस्तै सेनाका प्रफुल महर्जनले एपिएफका बिजित थापा मगरलाई २७ । २५, २१ । १४ ले तथा पुलिसका जीवन आचार्यले सेनाका रुकेश महर्जनलाई २४ । २२, २१ । ८, २१ । १३ ले जित हात पार्दै क्वाटर फाईनल यात्र तय गरे ।

हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगितामा ब्वाईज यु – १७ तर्फ पनि सिल्क ग्रुपका प्रिन्सले जित हात पार्दै अन्तिम आठमा स्थान बनाए । उच्च बरियताका प्रिन्सले धन्वन्तरीका सुदन तामाङ्गलाई २१ । ६, २१ । ५ ले पराजित गरे । यस्तै महेन्द्रनगरका प्रकाश चन्दले कपिलबस्तुका रोहित बराललाई २१ । १०, २१ । ११ले, एपिएफका प्रियान्सु सिंह क्षेत्रीले इटहरीका भोज बहादुर गुरुङ्गलाई २१ । १६, २१ । ८ले, धनगढीका अमृत चौधरीले कञ्चनपुरका संजीव भंडारीलाई २१ । ७, २१ । १८ले, मोरङ्गका उज्जल पोखरेलले सूर्खेतका नरेन्द्र बमलाई २१ । १६, २३ । २१ ले, एपिएफका पेम्बा शेर्पाले महेन्द्रनगरका सौरभ बम ठकुरीलाई २१ । ११, २१ । ११ ले, कञ्चनपुरका गोकुल जोराले बाराका अनिष खतिवडालाई २१ । ६, २१ । ११ ले तथा सेनाका दिवस संकरले टोखाका अभियान कश्यपलाई २१ । ५, २१ । ५ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे ।

गल्र्स यु – १७ मा मोरङ्गकी निता लम्साल, झापाकी अन्जना राई र बिरगंजकी स्मृती राई पनि अन्तिम आठमा स्थान बनाउन सफल भए । लम्सालले धन्वन्तरीकी साम्भवी पाल्क सिंहलाई २१ । ११, २१ । १३ले, अन्जनाले जेष्टकी बिद्या खड्कालाई २१ । ६, २१ । १० र स्मृतीले धन्वन्तरीकी प्रेक्षा राईलाई २१ । १३, २१ । १८ ले पराजित गरे ।

मिक्स डबल्स तर्फ भएको एकमात्र प्रतिस्पर्धामा एपिएफ र भोजपुरका निर बिक्रम देवकोटा र सिता राईको जोडीले इटहरी र झापाका भोब बहादुर गुरुङ्ग र अंजना राईको जोडीलाई २१ । ७, २१ । ४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

महिला युगल तर्फको खेलमा एपिएफका शोभा गौचन र सुनैना मुखियाको जोडीले बिरगंज र झापाका स्मृती राई र अंजना राईको जोडीलाई २१ । ११, २१ । ७ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

पुरुष युगल तर्फको खेलमा युगल तर्फका उच्च बरियताका दिपेश धामी र बिजित थापा मगरको जोडीले एपिएफ र म्याग्दीका मनोज डगौरा र बिजय बानियाको जोडीलाई २१ । १२, २१ । १६ ले पाखा लगाउँदै क्वाटरफाईनल प्रवेश गरे । यस्तै पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले सूर्खेत र बाराका नरेन्द्र बम र अनिष खतिवडको जोडीलाई २१ । ८, २१ । ११ ले, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडीले एपिएफका पेम्बा शेर्पा र प्रियांशु सिंह क्षेत्रीको जोडीलाई १९ । २१, २२ । २०, २१ । १७ले, एपिएफकै सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीले सेनाका रुकेश महर्जन र पविन लिनथेपको जोडीलाई २१ । १७, २१ । १८ ले, एपिएफका सुनिल जोशी र गौतम सिंह कठायतले पुलिसका अनिष श्रेष्ठ र गौरव दाहालको जोडीलाई २३ । २१, २१ । १६ले, एपिएफका सुदिप सेढाई र साजन कृष्ण ताम्राकारको जोडीले जेष्टका दिपक राना र आशिष तामाङ्गको जोडीलाई २१ । ९, २१ । ९ले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरे । यसैगरि सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले पुलिसका हिरा राई र सोनाम खपाङ्गीको जोडीलाई २१ । १६, २१ । १८ ले पाखा लगाउँदै क्वाटरफाईनलमा प्रवेश गरे ।

यस्तै महिला एकल तर्फको खेलमा मोरङ्गकी सिमा राजबंशी, एपिएफकी शोभा गौचन, जेशिका गुरुङ्ग, पनि अन्तिम आठमा स्थान बनाउने खेलाडी बने । सिमाले भोजपुरकी सिता राईलाई २१ । ९, १७ । २१, २१ । १८ले, शोभाले बाँकेकी संझना शर्मालाई २१ । १८, २१ । २३, २१ । १३, जेशिकाले जेष्टकी मनिषा खड्कालाई २१ । ११, २१ । ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । सेनाकी अमिता गिरी बाई प्राप्त गर्दै सिधै क्वाटरफाईनल प्रवेश गरेकी छिन् ।

क्वाटरफाईनलका अन्तरगत भोलीको पहिलो खेल पुरुष एकल बिहान १० बजे बाट संचालन हुने रेफ्रि किरण गोपाल कारञ्जितले बताएका छन् ।

Post Add 1025X115
Loading...