प्रतिमा अमेरीकाकाे सिमेन्ट्रा प्राेफेसनल गल्फ खेल्ने पहिलाे नेपाली खेलाडी बन्दै

0

नेपाली महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रोफेसनल गल्फ प्रतियोगिता खेल्ने भएकी छिन्। करियरकाे पहिलाे प्राेफेसनल गल्फ प्रतियाेगिता खेल्ने तयारीमा रहेकी प्रतिमाले  मार्चको अन्तिममा सिमेट्रा टुरमा सहभागिता जनाउने भएकी हुन ।

उनले मार्च २९-३१ मा क्यालिफोर्नियाको बेउमाउण्टमा हुने आइओए च्याम्पियनसिप खेल्ने पक्का भएकाे छ । हाल प्रशिक्षणका लागि अमेरीकामा नै रहेकी प्रतिमा याे प्रतियाेगितामा सहभागिता जनाउने पहिलाे नेपाली खेलाडी पनि बनेकी छिन ।

प्रतिमा हाल अध्ययन र गल्फ दुवैलाई सँगसँगै अगाढि बढाउने लक्ष्यका साथ अमेरीकामा रहेकि छिन । नेप्लेजसँग फेसबुकमा कुरा गर्दै उनले एलपिजिए खेल्ने सपना यती छोटो समयमै पूरा हुन्छ भन्नेमा नसाेचेकाे बताइन । एलपिजिएले मलाई बोलाउनु र सिमेन्ट्रा टुरमा सहभागि हुन पाउनु मेराे लागि मात्र नभइ पुरै देशका लागि गर्वकाे कुरा रहेकाे र म याे अवसरलाइ राम्राे सदुपयाे गर्ने बताइन ।

Post Add 1025X115
Loading...