२०२२ काे कतार विश्वकपमा सहभागि टिम र २ सहआयोजक थप्प बैठक बस्दै

0

सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप कसरी बढाउन सकिन्छ भनेर कतारी आयोजक र फिफाका पदाधिकारी विच अमेरीकाको मायामीमा बैठक बस्दैछ ।

कतार विश्वकप आयोजकसँग फिफाको नियमक निकायले २०२२ को विश्वकपमा ३२ टिमबाट ४८ वटा पुर्याउन सकिने संभावनाका साथै सहआयोजकका रुपमा कुवेत र ओमानलाई भित्र्याउने संभावनाका बारेमा पनि छलफल हुनेछ । तर यो अवस्था प्रतियोगितामा टिमको संख्या बढेको अवस्थामा मात्र हुनेछ । गल्फ देशका विच राजनीतिक द्धन्द्धका कारण यतिबेला कतारसँगको नाकाहरु छिमेकी देशले बन्द गरेका छन । जसमा साउदी अरेवीया, युएई, बहराइन र इजिप्टले आफ्नो संबन्धलाई कटौती गरेको छ ।

यसपटकको विश्वकप जुन जुलाईको सट्टा नोभेम्बर र डिसेम्बरमा हुने पक्का भएको छ । यसको असर युरोपियन लिगहरुमा पर्नेछ । लिग आयोजकहरुले आफ्ना लिगहरुको तालिका परिवर्तन गर्नुपर्ने छ । नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्मका लागि तय भएको विश्वकपमा सहभागि टिमको सख्या बढेको खेल तालिका पनि बढ्ने छ जसका कारण युरोपियन देशका घरेलु लिगहरुले विचमा ब्रेक पनि लामो समयका लागि गर्नुपर्ने देखिएको छ ।

यो छलफलमा फिफा अध्यक्ष जियोनी इन्फान्टिनोको ग्लाबेल नेशन्स लिग र क्लव विश्वकपको बिस्तृत स्वरुपका विषयमा पनि छलफल हुनेछ । फिफाले २०२६ को विश्वकपबाट ४८ देशको सहभागिता गराउने पक्का गरिसकेको छ ।

Post Add 1025X115

Loading...