न्युजिल्याण्डमा बंगलादेश क्रिकेट टिम बसेकाे हाेटेल नजिकै हमला, भाेलीबाट सुरू हुने खेल रद्द

0

न्यूजिल्याण्ड विरुद्धको खेलका लागि क्राइस्टचर्चमा रहेको बंगलादेश क्रिकेट टिम बसेको होटल नजिकै अन्धाधुन्ध गोली चलेको छ । जसका कारण बंगलादेश टिमलाई उनी बसेको होटलमा नै कडा सुरक्षाका विच राखिएको छ ।

न्युजिल्याण्डको दक्षिण आइल्याण्ड सिटीमा रहेका दुई मस्जिदमा फायरिङ भएको थियो । सो घटना भएको नजिकै बंगलादेशको क्रिकेट टिम बसेको होटल पनि रहेको थियो । खेलाडीहरू प्रशिक्षणका लागि मैदान जान बसमा पुगेका थिए । खेलाडीलाई केहि बसबाट बाहिर निस्कन दिइएको थिएन ।

केहि समयपछि टिमलाई फेरी होटेलमा राखेर कडा निगरानी गरिएको छ । क्राइस्टचर्चको अल नुर मस्जिद नजिकै गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन । गोली चलेको केहि समयपछि सुरक्षाकर्मीले पुरै मस्जिदको वरिपरी सुरक्षा ब्यवस्था गडा पारेको थियो । यो घटनाबाट केहि ब्यक्ति घाइते भएको पनि बताइएको छ भने केहिको ज्यान गएको छ । तर कति जनाले ज्यान गुमाए भन्ने एकिन तथ्यांक आएको छैन ।

यता बंगलादेश टिमलाई होटेलमा नै लक गरिएको छ । यता मुख्य प्रशिक्षक सहित केहि खेलाडी भने मैदानको ड्रेसिङ रुममा नै लक गरिएको छ । यसैविच भाेलीबाट सुरू हुने भनिएकाे न्युजिल्याण्ड र बंगलादेश विचकाे खेल रद्द गरिएकाे छ ।

Post Add 1025X115

Loading...