सिटीसँगकाे हारपछि साल्केद्वारा प्रशिक्षक बर्खास्त

0

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग सात शुन्यको लज्जास्पद हार ब्यहोरेपछि साल्केले प्रशिक्षक डोमीनीको टेडेस्कोलाई बर्खास्त गरेको छ ।

च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा नसोचेको हारे ब्यहोरेको २४ घण्टा वित्न नपाउँदै क्लवले प्रशिक्षकलाई हटाएको हो । उनको स्थानमा पूर्व प्रशिक्षक तथा खेलाडी हुब स्टेभान्सले सो जिम्मेवारी सम्हाल्नेछन । बुन्डेसलिगामा लेइपजिङ विरुद्ध खेलबाट उनी औपचारिक रुपमा मैदानमा देखिनेछन ।

प्रशिक्षक डोमीनीकोको प्रशिक्षणमा साल्केले पछिल्ला ५ खेलमा लगातार हार ब्यहोर्दै आएको । जसमा टिम जर्मन लिगमा रेलिगेसन जोन भन्दा तीन अंकले मात्र माथि रहेको छ । ३३ बर्षे टेडेस्को सन् २०१७ को जुलाईमा क्लवको प्रशिक्षक बनेको थिए । जसमा उनको प्रशिक्षणमा क्लवले ७५ खेल खेलेको थियो । उनले त्यसअघि सोहि क्लवको यू–१९ टिम पनि हेरेका थिए ।

Post Add 1025X115
Loading...