श्रीलंकाकाे नजर साफकाे सेमिफाइनलमा, माल्दिभ्सलाई जितकाे दबाव

0

साफ महिला च्याम्पियनसिपमा समुह बी अन्तर्गत आज श्रीलंका र माल्दिभ्स विच प्रतिस्पर्धा हुदैछ ।

विराटनगर स्थित शहिद रंगशालामा दिउसो तीन बजेबाट सुरु हुने आजको खेल माल्दिभ्सका लागि निकै महत्वपुर्ण रहेको छ । उसलाई टिममा टिकिरहन श्रीलंकालाई हराउनै पर्नेछ । पहिलो खेलमा भारतसँग आधा दर्जन गोल खाएको माल्दिभ्स विरुद्धको खेल आफ्नो पक्षमा पार्न चाहन्छ । यता श्रीलंका भने माल्दिभ्सको कमजोर फर्मको फाइदा उठाउदे सेमिफाइनलमा पुग्ने लक्ष्यमा छन ।

आजको खेलमा श्रीलंका विजयी भएमा उसँगै भारतपनि सेमिफाइनलमा स्थान बनाउनेछ । यी दुई टिम साफ च्याम्पियनसिपमा अघिल्लो संस्करणमा समुह चरणमा खेल्दा माल्दिभ्स पाँच दुई गोलले विजयी भएको थियो । यदि आज श्रीलंका हारेमा समुह बी बाट सेमिफाइनलमा पुग्ने दुई टिमको टुंगो भारत र श्रीलंका विचको खेलले लगाउनेछ ।

Post Add 1025X115
Loading...