म्यानचेस्टर सिटीमाथि २ सिजन खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध लाग्ने

0

इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई फिफाले दुई सिजन कुनैपनि खेलाडी अनुबन्ध गर्न नपाउनेगरि प्रतिबन्ध लगाउने भएको छ । फिफाको नियम विपरित युवा खेलाडी खरिदका लागि थर्डपार्टि एजेन्टलाइ रकम तिरेको रिपोर्ट सार्वजनिक भएपछि सिटी संकटमा परेको हो ।

सिटीमाथि फुटबल संघ र प्रिमियर लिग आयोजकले पनि अनुसन्धान गरिरहेका छन । यस्तैमा फिफाले आफ्ना फाइनान्सियल फेयर प्ले नियम तोडेको भन्दै दुई सिजन कुनैपनि खेलाडी अनुबन्ध गर्न नपाउने गरि कारवाही गर्न लागेको हो । फिफाको सो कारवाहीमा युरोपियन फुटबल महासंघपनि सहमत देखिएको छ । यसका साथै यदि सबै प्रमाणले क्लवमाथि लागेको आरोप सत्य भएमा उसलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्नेछ ।

प्रिमियर लिग क्लवमाथि खेलाडी अनुबन्ध गर्न नपाउने गरि कारवाहि भएको एक महिना भित्रमा दोस्रो घटना हो । यसअघि चेल्सीलाई पनि कारवाही गरिएको थियो । सिटीले आफुमाथिको आरोपको प्रतिवादमा अपिल गर्ने बताएको छ ।

Post Add 1025X115

Loading...