सेभिया र इन्टर मिलान युराेपा लिगबाट बाहिर

0

युरोपा लिगमा सबै भन्दा सफल टिम सेभियाको यो सिजनको उपाधि यात्रा समाप्त भएको छ । गएराति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्लाभिया प्रागसँग चार तीन र र समग्रमा ६–५ को गोलमा स्तब्ध बन्यो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा दुई दुई गोलको बराबरी खेलेको सेभिया विरुद्ध प्राग टिमले आफ्नो मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । गोलको बर्षा भएको खेलमा सेभियाले दुई पटकको अग्रता जोगाउन सकेन । निर्धारीत ९० मिनेटमा पनि समग्रमा खेल बराबरीमा पुगेपछि अतिरीक्त समयमा धकेलिएको थियो ।

जसमा अन्तिममा प्रागले गोल गर्दै ५ पटकको च्याम्पियन सेभियालाई स्तब्ध बनायो । चेकगणतन्त्रको टिम प्राग अन्तिम पटक सन् २००० मा क्वाटरफाइनलमा पुगेको थियो । उसलाई अन्तिममा दुई गोल आवश्यक रहेकोमा त्यो गर्दै सबैलाई आश्चार्यमा पार्यो ।

अर्को खेलमा इन्टर मिलान पनि फ्रान्कफर्ट टिमसँग एक शुन्यले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीयो ।

Post Add 1025X115

Loading...