उत्कृष्ट कमब्याक गर्दै आर्सनल युराेपा लिगकाे क्वाटरफाइनलमा

0

आर्सनलले रेनेस विरुद्ध पहिलो लेगमा तीन एकले पछि परेको अवस्थामा खेल उल्ट्याउदै क्वाटरफाइनलमा स्थान बनायो । आर्सनल पहिलो लेगमा  तीन एकले पराजित भएको थियो ।

तर दोस्रो लेगमा उसले तीन गोल गर्दै समग्रमा चार तीन गोलले क्वाटरफाइनलमा स्थान बनायो । आर्सनलेका जितमा पिएरी इमिरेकले दुई गोल गरे । पूर्व क्लव सेभियामा हुँदा तीन पटक युरोपा लिगको उपाधि जितका प्रशिक्षक इमीरेको टिमले दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्यो । जसमा खेलको पाँचौ मिनेटमा पिएरीको गोल मार्फत अग्रता दिएको आर्सनलले १५ औं मिनेटमा दोस्रो गोल गर्यो ।

पहिलो हाफमा दुई गोलले अगाडी रहेको आर्सनलले ७२ औं मिनेटमा तेस्रो गोल थप्यो । उसका लागि पिएरीले ब्यक्तिगत दोस्रो तथा समग्रमा तेस्रो गोल गोल थपे । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र आर्सनलले क्वाटरफाइनलमा स्थान बनायो ।

Post Add 1025X115

Loading...