डाइनामाे किएभलाई ८-० ले हराउदै चेल्सी युराेपा लिगकाे क्वाटरफाइनलमा

0

युएइफए युरोपा लिगमा चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा डाइनामो कियभलाई ५–० ले हराउँदे समग्रमा आठ शुन्यको जितका साथ क्वाटरफाइनलमा स्थान बनायो ।

पहिलो लेगमा तीन शुन्यको जित निकालेको चेल्सीलाई दोस्रो लेगमा प्रभावशाली जित दिलाउन ओलिभर जिरुडले ह्याट्रिक गरे । खेलको ५ औं मिनेटमा पहिलो गोल गरेका जिरुडले ३३ औं मिनेटमा दोस्रो गोल थपे । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मार्कोस अलान्सोको गोल मार्फत चेल्सीले तीन शुन्यको अग्रता बनायो ।

त्यसपछि ५९ औं मिनेटमा जिरुडले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई चार शुन्यले अगाडी राखे । ७८ औं मिनेटमा हुडसोन ओडोइले टिमका लागि पाँचौ गोल गरे । जितपछि चेल्सीका प्रशिक्षक माउरीजियो सारीले क्वाटरफाइनलमा आफ्नो टिम नापोलीसँग खेल्न इच्छुक नभएको बताए । सारीको पूर्व क्लव नापोलीबाहेक जुनसुकै क्लवसँग खेल्न टिम तयार रहेको उनको धारणा थियो ।

Post Add 1025X115

Loading...