सन्दिपले भने-पाकिस्तानमा फेरी खेल्ने इच्छा छ !

0

पाकिस्तान सुपर लिगमा आफु राम्रो बलर रहेको प्रमाणित गरेका सन्दिप लामिछानेले सबकन्टिनेन्टका खेलाडीलाई बलिङ गर्नु सबैभन्दा ठुलो चुनाैती रहेकाे बताएका छन ।

पिएसएलमा कुल ११ विकेट लिएका सन्दिप सो प्रतियोगिताबाट फर्किएर हाल नेपालमा रहेका छन । सन्दिपको टिम पीएसएलमा पुछारमा रहेपनि ब्यक्तिगत रुपमा सन्दिपका लागि भने राम्रो नै रह्यो । उनी प्रतियोगितामा टिमबाट धेरै विकेट लिने खेलाडी बने । तर टिम भने १० खेलमा मात्र तीन जीत निकाल्न पुग्यो । क्विेटा ग्लाडियटर्स विरुद्ध १० रनमा चार विकेट लिएका सन्दिपले भने टी–२० खेल जहिलेपनि निकै चुनौतीपुर्ण हुन्छ, त्यसमा पनि एशियाली देशका खेलाडीलाई विरुद्ध स्पिन बलिङ गर्नु झन चुनौती रहेको बताए । साथै उनले आफुले यो प्रतियोगितबाट धेरै कुरा सिकेको बताए ।

एक साताका लागि नेपाल आएका सन्दिपले आफ्नो परिवारसँग समय विताएर फेरी इन्डियन प्रिमियर लिगका लागि जानेछन । सन् २००९ मा आतंकवादी आक्रमण भएपछि अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गर्न नपाएको पाकिस्तानमा पहिलो पटक खेल्न गएका सन्दिपले कराँची निकै राम्रो रहेको र आफु निकै रमाएको बताए । साथै उनले फेरी पाकिस्तानमा आएर खेल्न निकै इच्छुक रहेको आइसीसीसँगको कुराकानीमा बताए ।

Post Add 1025X115
Loading...