एपीएफकाे चुनाैती पन्छ्याउदै दाउफिन्स माइभ्यालीकाे सेमिफाइनलमा

0

इलाममा जारी माइभ्याली फुटवल प्रतियोगितामा तेस्रो क्वाटर फाइनलमा आज दाउफिन्सले १ का विरुद्ध ३ गोल गर्दै एपिएफको चुनौती समाप्त पारेको हो ।

प्रतिष्पर्धात्मक खेल भए अफ्रिकन खेलाडीका सामु एफिएफले नतिजा आफ्नो पक्षमा पार्न सकेन दाउफिन्सकालागि मेसुकेले १४ औं मिनेटमा गोलको खाता खोले । १९ औं मिनेटमा पेटङगाले गोल गर्दै अन्तर बढाए । ३६ औं मिनेटमा एपिएफका हरि कार्कीले गोल फर्काउदै अन्तर कम गरे । ५७ औं मिनेटमा पेटङगाले गोल थप्दै जित सुनिश्चित वनाए ।

आजको खेलमा म्यान अफदी म्याच विजेता टिमका पेटङगा घोषित भए । यस अघि पोखराको मनकामना केवुलकार गोल्डकप र धरानको बुढासुब्बा गोल्डकपमा एफिएफ दाउफिन्सस“ग पराजित भएको थियो । दाउफिन्सले फाइनल यात्राकालागि सेमिफाइनलमा पुलिस क्लवको सामना गर्ने छ । भोली विभागीय टोली त्रिभुवन आर्मी र झापाको मेची नेत्रालयबीच अन्तिम क्वाटर फाइनल हुनेछ । फागुन २७ देखि जारी माइभ्याली गोल्डकपका विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैया“ प्राप्त गर्ने छन् ।
फाइल जिल्ला मार्फत भिज्योल पठाएको छु ।

Post Add 1025X115
Loading...