नेपाल साफ महिला च्याम्पियनसिपमा एक खेल अगाडी नै सेमिफाइनलमा

0

नेपाल साफ महिला च्याम्पियनसिपमा एक खेल अगाडी नै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बंगलादेशले भुटानलाई  २-० गोलले हराएपछि नेपाल एक खेल अगाडी नै सेमिफाइनलमा प्रवेश गरेको हो । साथै बंगलादेशले पनि अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

विराटनगर स्थित शहिद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । त्यसो त बंगलादेशले पहिलो हाफमा पुरै आक्रमण गरेपनि गोल गर्न सकेन । जसका कारण उसले गोलरहित बराबरी खेल्नुपर्यो । तर दोस्रो हाफको सुरुवातमा नै बंगलादेशले खेलमा अग्रता बनायो । झक्माको कर्नरबलमा मौसमीले बंगलादेशका लागि गोल गरिन । भुटानका डिफेन्डर र गोलकिपर डिबक्समा अलमलिएको अवस्थाको फाइदा उठाउदै बंगलादेशले गोल गर्न सफल भयो ।

तर ७३ औं मिनेटमा भुटानले गोल फर्काउने राम्रो अवसर खेर फाल्यो । उसको प्रहार पोष्टको केहि इन्च माथिबाट बाहिरीयो । ८६ औं मिनेटमा सविना खातुङले एकल प्रयासमा गोल गरेपछि बंगलादेशले खेलमा दुई शुन्यको अग्रता बनायो । खेलकाे इन्जुरी समयमा फेरी खातुनकाे प्रहार पाेष्ट नजिकैबाट बाहिरीदा बंगलादेशले खेलमा तीन शुन्यकाे अग्रता बनाउने माैका गुमायाे ।

लगातार दुई खेलमा हार ब्यहोरेको भुटान प्रतियोगिताबाट बाहिरीएको छ भने अब समुह ए को विजेताको टुंगो नेपाल र बंगलादेशको विचको खेलले गर्नेछ । जुन शनिबार हुनेछ । प्रतियोगितामा भोली माल्दिभ्स र श्रीलंका विच प्रतिस्पर्धा हुनेछ ।

Post Add 1025X115

Loading...