एसीसी यू-१६ पूर्वी क्षेत्रीय छनाेट क्रिकेट छनाेटमा नेपालकाे पहिले खेल म्यानमारसँग

0

थाइल्याण्डमा हुने एसीसी यू-१६ पूर्वी क्षेत्रीय छनाेट क्रिकेट प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्धी म्यानमार रहेकाे छ ।

थाइल्याण्ड क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा अप्रिल २० मा म्यानमारसँग खेल्नेछ । समूह ए मा रहेको नेपाल रहेकाे समुहमा आयोजक थाइल्याण्ड र मलेसिया रहेक छन ।

साबिकको बिजेता समेत रहेको नेपालले दोस्रो खेलमा मलेसियासंग अप्रिल २४ तारिखमा र समुहकाे अन्तिम खेलमा थाइल्याण्डसँग अप्रिल २५ मा खेल्नेछ । ३५ ओभरमा खेलाइने प्रतियोगिताको समूह बी मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन । समुहका दुइ शिर्ष टिम सेमिफाइनलमा पुग्नेछन ।

 

Post Add 1025X115

Loading...