दिल्ली टिमकाे कमजाेर पक्षकाे सूचीमा सन्दिपकाे नाम

0

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भारतकाे एक एक मिडियाेले यसपटककाे इन्डियन प्रिमियर लिगमा कमजाेर पक्षका खेलाडीकाे सूचीमा राखेकाे छ ।

टाइम्सनाउन्युज डटकमले दिल्ली टिमको विश्लेषण गर्दै सन्दीपलाई कमजोर पक्षमा राखेको हो । दिल्लीले आईपीएललमा उत्कृष्ट प्रदर्शन गर्न नसक्नुको कारण स्पिन बलिङको कमजोरी उक्त अनलाइनले देखाएकाे छ ।

जसमा सन्दिपसँगै अनुभवी बलर अमित मिश्राकाे नाम पनि कमजाेर पक्षमा राखेकाे छ । यसका साथै साे अनलाइनले याे सिजन टिममा भित्र्याएका अक्सर पटेलकाे अागमनलाइ पनि सकारात्मक नभएकाे देखाएकाे छ।

यसका साथै अनलाइनले निकालेकाे सम्भावित प्लेइङ ११ मा सन्दीपको नाम अटेकाे छैन । प्लेईङ ११ मा शिखर धवन, कोलिन मुन्रो, पृथ्वी साह, ऋषब पन्त, श्रेएस आइएर ९कप्तान०, क्रिस मोरिस, कोलिन इन्ग्राम, कागीसो राबडा, अक्षर पटेल, इशान्त शर्मा, अमित मिश्रा र ट्रेन्ट बोल्ट संभावित खेलाडीकाे सुचिमा छन ।

गत संस्करणमा पनि सुरूवाती खेलहरू नखेलेका सन्दिपले अन्तिम ३ खेलमा राम्राे प्रदर्शन गरेका थिए । जसका कारण उनी अन्य फ्रेन्चाइज लिगमा पनि विकेका थिए ।

Post Add 1025X115

Loading...