फ्रेन्चाइज लिगले लिडरसिप क्षमता बढाएकाे सन्दिपकाे भनाई

0

पाकिस्तान सुपर लिग सकेर नेपाली युवा बलर सन्दिप लामिछाने स्वदेश फर्किएका छन । उनले फ्रेन्चाइज लिगले आफ्नो लिडरसिप क्षमता बढाउनुका साथै आफुलाई धेरै सिक्ने मौका दिएको बताए । यसका साथै उनले पाकिस्तान सुपर लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको पनि बताए ।

नेपाल र यूएई बीचको तीन टी–२० र तीन एक दिवसीय सिरिजका लागि बंगलादेश प्रिमियर लिग बीचमा छाडेर फर्किएका उनी सिरिज पछि अस्ट्रेलिया बीग बासमा पुनः आवद्ध भए । उनको प्रदर्शनका कारण वीग बासमा मेलवर्न स्ट्रास सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पुग्दा उनी विकेट विहीन बनेपनि फाइनलमा पनि चल्न भने सकेनन् ।

फलस्वरुप मेलवर्न स्टार्स उप विजेता बन्दै प्रतियोगिता टुंग्यायो । बीगबासमा समग्रमा उनले ११ विकेट लिए । बीगबास पछि पाकिस्तान सुपर लिग पीएसएल खेल्न अस्ट्रेलियाबाट यूएई पुगेका थिए । लाहोर क्वालन्दर्सबाट पीएसएल खेलेका सन्दीपले बीग बासकै कारण शुरुका तीन खेल गुमाएका थिए ।

समग्रमा ७ खेलमा सहभागीता जनाएका सन्दीपले ११ विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा लगातार दुई खेलमा भने उनी विकेट विहीन बनेका थिए ।

 

Post Add 1025X115

Loading...