महिला साफ च्याम्पियनसिपकाे उद्घाटनकाे कार्यतालिका यस्ताे बन्याे…

0

साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणको उद्घाटन भोली विराटनगरको शहीद रंगशालामा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघका पदाधिकारी सबै विराटनगर पुगिसकेका छन् भने सहभागि टिम तथा अफिसियलहरु दुई दिन अघि नै प्रतियोगिता आयोजना स्थलमा पुगिसकेका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, विभिन्न राजनितिक दलका नेताहरु, स्थानीय मेयर तथा जनप्रतिनिधिहरुको सहभागिता रहनेछ ।

उद्घाटन खेलमा नेपाल र भुटानवीच प्रतिष्पर्धा हुनेछ । खेलको मध्यान्तरमा स्थानीय विद्यार्थीहरुको साँस्कृति प्रस्तुती रहनेछ ।  साफ महिला च्याम्पिनिसिपको समूह एमा नेपाल र भुटानसँगै बंगलादेश पनि छ । समूह बीमा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

Post Add 1025X115

Loading...