४-५ खेल जिताएर पारस जस्ताे कप्तान बन्छु भन्नु मुर्खता हाे -साेमपाल कामी

0

सोमपाल कामी नेपाली क्रिकेटका उत्कृष्ट बलर अलराउण्डर हुन् । नेपाली टिममा तीब्र गतिका बलरको खाँचो थियो । त्यही बेला उनी नेपाली क्रिकेट टिममा प्रवेश पाए । क्षेत्र नम्बर तीन काठमाडौंबाट यू–१९ च्याम्पियनसिप खेल्दा उनले दुईवटा शतक प्रहार गर्दै बलिङ पनि उत्कृष्ट गरे । तर उनको त्यो शतक बलिङको छायाँमा पर्यो ।

उनको बलिङका कारण तत्कालिन प्रशिक्षक पुबुदु दाशानायके प्रभावित भए, र टिममा बोलाए । त्यसपछि उनको राष्ट्रिय टिममा प्रवेश भयो, नेपाललाई आवस्यक एक जना तीब्र गतिका बलरको पूर्ति पनि भयो । सन् २०१४ मा युएईविरुद्ध डेब्यू गरेका सोमपालले पछिल्लो समय म्याच फिनिसरका रुपमा आफ्नो भुमिका निर्वाह गर्दै आएका छन् ।

उनलाई भविष्यका सम्भावित कप्तानका रुपमा पनि हेरिएको छ । सोमपाल कामी अमेरिकामा संचालन हुने टू एक्स क्रिकेटमा सहभागिता जनाउँदैछन् । अमेरिका जानुअघि नेप्लेजले उनीसँग नेपाली क्रिकेटको वर्तमान स्थिती, उनको प्रदर्शन, क्रिकेट यात्रा लगायतका विषयमा केन्द्रित भई भिडियो कुराकानी गरेको थियो । पूरा अन्तरवार्ताका यहाँ प्रस्तुत छ ।

Post Add 1025X115
Loading...