पुरूष र महिला खेलाडी पुरस्कार भिन्नताकाे विश्वब्यापी बहस, नेपालमा खै चासाे देखाएकाे ?

0

महिला र पुरुष खेलाडी बीचको पारिश्रमिकलाई किन असमान भनेर विश्वभर ठुलो बहसमात्र होइन काुननी उपचारको बाटोमा समेत केहि देशका खेलाडी लागिसकेका छन । पुरुष खेलाडीले पाउने पुरस्कार र महिला खेलाडीले पाउने पुरस्कारमा आकाश जमिको फरक किन यो प्रश्नले यतिबेला विश्व खेलकुदलाई तताएको छ ।

कुनै देशमा पुरुष भन्दा महिला खेलाडीले सफल भएपनि सुविधामा पुरुष खेलाडी नै किन अगाडी हुन्छ, यो प्रश्नका जवाफ खोज्न महिला खेलाडी आफै नै अगाडी बढेका छन । यस्तैमा नर्वेले लिंगका आधारमा खेलाडीको पारिश्रमिकमा विभेद नगर्ने ऐतिहासिक निती कार्यान्वयनमा ल्याएको छ भने अमेरिकामा राष्ट्रिय महिला फुटवल टिम लामो समयदेखिको आफुमाथिको लैङिगक विभेदका विरुद्ध अदालत पुगेका छन । जसले गर्दा त्यसको सिको अरु देशका खेलाडीले पनि गर्न थालेका छन । सुविधासम्पन्न देशमा पुरुष र महिला खेलाडीको सुविधा र पुरस्कारमा यस्तै भिन्नता छ भने तेस्रो मुलुकका देशको हालत के होला, त्यो आफै अनुमान लगाउन सकिन्छ ।

महिला र पुरुष टिमले एउटै खेल खेल्छन्, एकै किसिमको जिम्मेवारी बहन गर्छन्, एउटै प्रकारको अन्तराष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्छन् तर पारिश्रमिक र सेवा सुविधा भने किनफरक? जबकी अमेरिकाका पुरुष भन्दा महिला टिम अन्तराष्ट्रिय रुपमा सफल छ । विभेदको उपचारका लागि अमेरीकी खेलाडीले अदालतमा बुझाइएको २५ पृष्ठ लामो निवेदनमा माथि उल्लेखित कुराहरु प्रष्ट रुपमा राखिएको छ ।

चार बर्ष अगाडी क्यानडामा भएको फिफा महिला विश्वकपको जितेर स्वदेश फर्किदा अमेरिकी महिला फुटवल खेलाडीको स्वागतमा हजाराै समर्थक सडकमा उर्लिएका थिए । राष्ट्रिय महिला फुटवल टिमका खेलाडीलाई लागेको थियो अब हामीले पनि पुरुष खेलाडी समान पारिश्रमिक, पुरस्कार र अन्य सेवा सुविधा पाउने छौ । तर त्यस्तो भएन ।

२०१६ मा पाँच महिला खेलाडीले आफुहरु माथि भएको भेदभावको विरुद्ध आवाज उठाए । निरन्तर रुपमा आवाज उठाएपनि फुटवल संघले बेवास्ता जस्तै गर्यो । आफ्नो आवाजमा संघ नै नबोलेपछि यतिबेला पुरै टिम समान पारिश्रमीक हुनुपर्छ भन्नेमा अगाढी बढेका छन । अमेरीकी टिमकी सफल खेलाडी चार्ली लियोड सहित हाल राष्ट्रिय टिममा रहेका सवै २८ जनै खेलाडीले लस एन्जलसको जिल्ला अदालतमा लैगिंक विभेदको मुद्धा दायर गरेका छन् । प्रायः अरु देश विश्वकपको तयारीमा मन्त्रमुग्ध भइरहेका बेला अमेरीकी महिला फुटबल खेलाडी भने तयारीसँगै आफ्नो अधिकारका लागि लडिरहेकी छिन । विश्वकप आउन तीन महिना मात्र बाँकि रहेका बेला उनीहरुले यो कदम उठाएका हुन् ।

महिला फुटबलमा अमेरीका सबै भन्दा सफल टिम हो । उसले पुरुषको तुलनामा धेरै उपाधि जितीसकेको छ । पुरुष टिमले १९३० मा तेस्रो स्थान प्राप्त गर्नु नै अहिलेसम्मको सबैभन्दा ठुलो सफलता हो । यता सुविधा फरक हुनको कारणबारे भने आधिकारीक निकायहरुले आफ्नो किसिमको बाध्यता राखेका छन ।

जसमा महिलाको खेलमा दर्शक कम हुने, रेभेन्यु निकै कम नहुने, बजार निकै सिमित रहेकाले समान पारिश्रमिकदिन नसकेको तर्क गरेका छन । महिला खेलाडीको यो आवाजमा यतिबेला विश्वका चर्चित खेलाडीले पनि साथ दिएका छन ।

यो प्रणाली नेपाली खेलकुदमा पनि लागु हुन्छ । महिला खेलाडी र पुरुष खेलाडीले पाउने सबै किसिमको सुविधा निकै फरक छ । पुरुष खेलाडीले जुन किसिमको सुविधा र पुरस्कार पाउछन, महिला खेलाडीले त्यसको १० प्रतिशत पनि पाउन कठिन हुन्छ । विश्वमा नै ठुलो बहसको विषय बनिरहेका बेला त्यसको असर नेपालमा भने पर्छ की पर्दैन, त्यो भने हेर्न बाँकि छ ।

Post Add 1025X115

Loading...