ताेकेकाे समयमा बन्ला त पाेखरा रंगशाला ? (भिडियाे)

0

पोखरा रंगशालामा फुटबल मैदानसहित स्टेडियम निर्माणको काम शुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आईतबार शिलान्यास गर्दै तोकिएको चार महिनामा स्टेडियमको निर्माण कार्य पुरा गर्न कम्पनीलाई निर्देशन दिए । पोखरामा बन्न लागेको नेपालकै ठूलो र आधुनिक रंगशाला स्टेडियम १८ हजार ५ सय सिट क्षमताको हुनेछ । राष्ट्रिय खेलकुद परिषदले १ अर्ब ३० करोड रुपैयाँमा पोखरा फुटबल स्टेडियम निर्माणका लागी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरेको छ ।

फुटबल मैदान एक सय दुई मिटर लम्बाई र ६४ मिटर चौडाई हुनेछ । मैदान टर्फ अथवा प्राकृतिक राख्ने तय गरिएको छ । एथलेटिक्सको लागि ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक बन्नेछ । स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दावी कम्पनीले गरेको छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ ।

 

Post Add 1025X115
Loading...