तामाङलाई सुर्य नेपाल च्यालेञ्जको उपाधि

0

अमेच्योर गल्फर सुर्य तामाङले सुर्य नेपाल च्यालेञ्जको उपाधि जितेका छन् ।

सुर्य नेपालले आयोजना गरेको २०१८–१९ सिजनको छैटौं टुरको उपाधि जित्नका लागि उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई एक स्ट्रोकले हराएका थिए ।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा सुवासले पाँच अण्डर २६७ स्कोर गरे । उनले अन्तिम दिन तीन अण्डर ६५ को कार्ड बनाएका थिए ।

अन्तिम चरणमा भुवन एक अण्डर ६७ मा सिमित बनेपछि सुवास पहिलो हुँदै ८४ हजार पुरस्कारको हकदार बने । उनी यो उपाधि जित्ने चौथो अमेच्योर खेलाडी हुन् । राहुल विश्वकर्मा तेस्रो भए । विकास अधिकारी चौथो भए । प्रतियोगितामा ३३ अमेच्योर र नौ ब्यावसायिक गरी कुल ४२ खेलाडीको सहभागिता रहेको थियो ।

Post Add 1025X115
Loading...