दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता असारकाे ६ र ७ गते काठमाडाैंमा हुने

0

दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता आगामी असारकाे ६ र ७ गते काठमाडाैंमा हुने भएकाे छ ।

असारको पहिलो सातामा सञ्चालन हुने नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले जनाएकाे छ । प्रतियोगितामा ५५ केजी तौल समूह, ६० केजी तौल समूह, ६५ केजी तौल समूह, ७० केजी तौल समूह, ७५केजी तौल समूह, ८० केजी तौल समूह, ८५ केजी तौल समूह, ९० केजी तौल समूह र ९० केजी भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै पुरुषको फिटनेस फिजिक्समा १ सय ७० सीएम र १ सय ७० सीएम उचाईमाथि तथा महिला एथलेटिक्स फिजिक्सतर्फ १ सय ६५ सीएम र १ सय ६५ सीएम उचाईमाथि पनि खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताका लागि विश्व बडीबिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स फेडेरेसनका महासचिव तथा एशियन बडीबिल्डिङ एण्ड फिटनेस फेडेरेसनका अध्यक्ष डातुक पाउल चुआ पनि नेपाल संङले जनाएकाे छ । प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, भुटान, अफगानिस्तान,श्रीलंका, र बंगलादेशका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

Post Add 1025X115
Loading...