टाइगर उड्स ल्याउने आङछिरिङको अधुराे सपना

0

ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्कदै गरेको एयर डाइनोस्टिकको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि पयर्टन व्यवासी तथा खेलाडी आङछिरिङ शेर्पाको पनि निधन भएको छ । उनी टेनिस र विलियर्डका पूर्व खेलाडी हुन् भने हाल गल्फ खेल्दै आएका थिए ।

२०४० मा भएको दोस्रो राष्ट्रिय प्रतियोगितामा टेनिस पनि खेलेका थिए । शेर्पा नेपालको पर्यटन व्यवसायीका पहिलो पुस्ताका व्यक्ति हुन भने साथ साथै नेपाली खेलकूदमा पनि ठूलो योगदान गरेका छन् । काठमाडौंको गोकर्ण रिर्सोटमा गल्फ कोर्स बनाएका छन् । साथै उनी विश्वको सबैभन्दा अग्लो स्थानमा पुगेर गल्फ खेल्ने काम पनि गरेका थिए । जुन तस्वीर तत्कालिन समयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका थिए ।

सात हन्डिक्याप खेल्न आङछिरिङको खेलप्रतिको लगावकै कारण उनँले नेपालमा अन्तर्राष्ट्रिय स्टान्डर्डको गोकर्ण गल्फ कोर्ष समेत व्यवस्थापन गरेका थिए । गोकर्ण गल्फ क्लब बनेपछि मात्रै नेपालमा गल्फका अन्तर्राष्ट्रिय खेल हुन थालेका हुन्। गोकर्ण नेपाली खेलाडीहरुको अभ्यास स्थल पनि हो। यो गल्फ क्लबमा विदेशी पर्यटकहरु समेत खेल्न आउने गरेका छन् । नेपाली पर्यटन तथा गल्फको विकासका लागि सधै लागि पर्ने आङ छरिङको आइतबार धार्मिक परम्परा अनुसार अन्त्यष्टि गरिने छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि छिरिङको पार्थिश शरिर टुँडिखेलमा राखिएको थियो । प्रतिमा शेर्पाले गडफादर मान्रे शेर्पाकाे अर्काे ठुलाे धाेकाे थियाे, टाइगर उड्सलाइ नेपालकाे गाेकर्ण गल्फमा खेल खेलाउने, जुन अब अधुराे बनेकाे छ ।

Post Add 1025X115
Loading...