‘राम्राे हाेइन हाम्राे’ भन्ने शैलीका कारण पछि परेः यमसाजन सुनार 

0

जाजरकोटका यम साजन सुनार एथलेटिक्सका राम्रा खेलाडी हुन् । उनी पछिल्लो समय इन्डोनेशियामा भएको १७ औं एशियाड पछि प्रतियोगितामा देखिएका छैनन् ।

एशियाडमा पनि उनी इन्ज्योर्ड भएपछि २ सय मिटर दौडमा सहभागीता जनाउन सकेनन् ।  नेपालका प्रतिभावान स्प्रिन्टर मंगलबार नेप्लेज डटकमको कार्यालय बागबजारमा आएका सुनारले कुराकानीको शुरुमै नेपाली खेलक्षेत्रमा विकृति रहेको गुनासो गरे ।

पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकूद अन्तर्गत एथ्लेटिक्समा स्वर्ण पदक जितिसकेका यम साजनले अहिलेसम्म नेपाल सरकारले उपलव्ध गराउने कुनै पनि वैदेशिक प्रशिक्षणको अवसर पाएका छैनन् । उनले भने ‘अहिलेसम्म  यहाँ आइपुगेको छु सबै मेरो बलबुताले हो ।’

इन्डोनेशियाबाट फर्किएपछि उनी अहिले अभ्याससम्म गर्न पाएका छैनन् । कारण हो उनी छोटो दूरीमा दौड्ने भएकाले त्रिपुरेश्वरका दशरथ रंगशाला मर्मत सम्भारका कारण अन्य ठाउँमा प्रशिक्षण गर्न नपाएका हुन् । सुरुमा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय र धनगढीमा भएको छैटौैं राष्ट्रिय खेलकूदमा मध्यपश्चिम विकास क्षेत्रबाट एथ्लेटिक्सको लङजम्पमा सहभागीता जनाउँदा उनले स्वर्ण पदक जितेका थिए ।

तर विराटनगरमा २ वर्ष अघि भएको सातौं राष्ट्रिय खेलकूदमा उनले एक सय मिटर दौडमा स्वर्ण जिते । दक्षिण कोरियाको इन्चोन एसियाड पनि खेलिसकेका यम साजनको नाममा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

यम साजनले अहिले पनि खेलाडीहरुको अवस्था राम्रो नभएको भन्दै यसमा व्यवस्थापन गर्न जरुरी रहेको बताए । नेपालमा हुन लागेको साग खेलकूदका लागि अब तयारी शुरु गर्ने बताउँदै नेपालगञ्जमा हुन लागेको आठौंमा पनि आफ्नो सहभागीता हुने बताए ।

खेलकूदमा नलागेको भए अहिले कतै सरकारी जागिर खाएर बसेको हुने थिए भन्दै जिन्दगीको टुंगो नभएकाले अर्काको छोरील्याएर दुःख नदिने बताउँछन् । प्रस्तुत छ यमसाजन सुनारसँग मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश भिडियोमा ।

Post Add 1025X115

Loading...