लिगकप फाइनलमा सिटी र चेल्सी भिड्दै

0

नेप्लेज, १२ फागुन । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिग अन्तर्गत आइतबार हुने लिभरपुल र म्यान्चेस्टर युनाइटेडबीचको खेलमा चीर प्रतिस्पर्धी युनाइटेडको जितको अपेक्षा गरेका छन् । तर, लिगका शीर्ष चार टोलीबारे अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

सिटीले वेम्बलीमा आजै हुने लिग कप फाइनलमा चेल्सीलाई हराउँदै उपाधि जित्ने लक्ष्य लिएको छ ।

‘वास्तवमै युनाइटेडको पक्षमा नतिजा गयो भने हामी खुसी हुन्छौं, ग्वार्डिओलाले भने, ‘तर, यो फेब्रुअरी हो र अहिले नै प्रिमियर लिगको शीर्ष चार टोलीको आंकलन गर्नु असम्भव हुनेछ ।’

१९ जनवरीसम्म शीर्षस्थानको लिभरपुलभन्दा सिटी ७ अंकले पछि थियो । तर अहिले शीर्षमा पुगेको छ र ग्वार्डिओलाको टिमले सिजनको चार उपाधिको सम्भावना कायमै राखेको छ ।

प्रिमियर लिग र लिग कप रक्षाको अभियानमा बलियो देखिएको छ । एफए कपको क्वाटरफाइनलमा स्वान्सीसँग खेल्दैछ भने च्याम्पियन्स लिग अन्तिम–१६ को पहिलो लेगमा जर्मन टिम साल्केलाई ३–२ गोलले हराएर सहज अवस्थामा छ ।

ग्वार्डिओलाले चार मुख्य उपाधिको सम्भावनालाई फेन्टासीको रुपमा ब्याख्या गर्दै आएका छन् । ‘हामीले सिजनको पहिलो फाइनल खेल्दैछौं त्यसैले यो सिजनको सबैभन्दा महत्वपूर्ण खेल हो, ग्वार्डिओलाले भने, ‘सायद युनाइटेड र लिभरपुलका लागि लिगकप महत्वपूर्ण छैन । किनभने उनीहरुसँग यस्ता धेरै ट्रफी छन्, तर हाम्रो हकमा त्यस्तो छैन ।’

Post Add 1025X115
Loading...