पीएसजीकाे जितमा एम्बाप्पेकाे २ गाेल

0

पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा अपराजित यात्रा कायमै राखेकाे छ । गएराति भएकाे खेलमा पिएसजीले निम्सलाई तीन शुन्य गाेलले हरायाे ।  पिएसजीकाे जितमा केलिएन एम्बाप्पेले दुई गोल गरे । उनले लिग वानमा ५० गोल पुरा गरेका छन ।

क्रिस्टोफर नेकुन्कुले ४० औ मिनेटमा गोल गर्दै घरेलु टोली पीएसजीलाई अग्रता दिलाए । ६९ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । खेल सकिन एक मिनेट बाँकी छदाँ एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितसँगै पीएसजीले लिगमा १७ अंकको अग्रता बनाएकाे छ ।

जितपछि शीर्ष स्थानको पीएसजीले २५ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५१ अंक छ । निम्स ३६ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।

Post Add 1025X115
Loading...