टाेटनहम ब्रुन्लीसँग २-१ ले स्तब्ध

0

इंग्लिस प्रिमियर लिगमा शिर्ष तीनमा रहेको टोटनहम ब्रुन्लीसँग दुई एक गोलले स्तब्ध भएको छ ।

ब्रुन्लीको मैदानमा भएको खेलमा टोटनहमलाई पराजित गर्न क्रिस उड र बरनेसले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा क्रिस उडले गोल गर्दै ब्रुन्लीलाई अग्रता दिलाए । तर ६५ औं मिनेटमा हेरी केनले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

तर ८३ औं मिनेटमा एस्ले बरनेसले गोल गर्दै ब्रुन्लीलाई दुई एकको जित दिलाए । हारपछि टोटनहमले सिटी र लिभरपुलसँगको दुरी कम गर्ने मौका गुमाएको छ ।

Post Add 1025X115
Loading...