नियम विपरीत सिटीले २ लाख पाउण्ड सान्चोकाे एजेन्टलाई दिएकाे खुलासा

0

म्यानचेस्टर सिटीले नियम विपरित १४ बर्षे खेलाडी जाडोन सान्चोको एजेन्टलाई दुई लाख पाउण्ड रकम दिएको खुलासा भएको छ ।

इंग्ल्याण्डको यू–१४ टिमबाट खेल्दा सिटीले क्लवमा अनुबन्धका लागि दुई लाख पाउण्ड दिएको जर्मन पत्रिका डेर स्पेइगेल जनाएको छ । सिटीले सान्चोलाई अनुबन्ध गर्नका लागि उनका एजेन्ट इमीका ओबासीलाई सो रकम दिएको बताएको छ । वार्टफोर्डबाट २०१५ मा सिटीमा अनुबन्ध गर्ने बेला रकम दिएको बताइएको छ । हाल उनी बोरुसिया डर्टमुन्डमा रहेका छन । फुटबल संघको नियम अनुसार कुनैपनि खेलाडी १६ बर्ष नपुग्दासम्म एजेन्ट राख्न नपाउने नियम रहेको छ ।

यता यो समाचार बाहिर आएपछि सिटीले आफ्नो रेपुटेसनमाथि खेल्न खोजेको जनाएको छ । साथै क्लवले यो विषयमा कुनै प्रतिक्रिया दिन नचाएको बताएको छ । लण्डनमा जन्मिएका सान्चो १४ बर्षको उमेरमा सिटीमा अनुबन्ध भएका थिए । सो बेला प्रिमियर लिगमा आउँदा उनलाई सिटीले वाटफोर्डबाट ६६ हजार पाउण्ड तिरेको थियो । तर एजेन्टलाई दुई लाख दिएको समाचार बाहिरीएपछि सिटीलाई समस्या पर्नसक्ने बताएको छ ।

Post Add 1025X115
Loading...