प्रिमियर लिगमा वाटफाेर्डका खेलाडीकाे पहिलाे ह्याट्रिक

0

इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को भारी अन्तरले हरायो । वाटफोर्डको जितमा जेरार्ड डेइलोफोउले ह्याट्रिक गरे ।

लिगको मध्यक्रममा रहेको वाटफोर्डले खेलको १८ औं मिनेटमा नै अग्रता बनायो । उसका लागि जेरार्डले गोल गरे । त्यसपछि ६१ औं मिनेटमा फेरी जेरार्डकै गोल मार्फत उसल अन्तर दुई शुन्यमा पुर्यायो । त्यसको दुई मिनेटपछि उनले ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमको स्कोर तीन शुन्यमा पुर्याए । वाटफोर्डका खेलाडीले प्रिमियर लिगमा गरेको यो पहिलो ह्याट्रिक हो ।

त्यसपछि ७३ औं मिनेटमा डीनेले गोल गर्दै वाटफोर्डले अग्रता चार शुन्यमा लम्ब्यायो । ८२ औं मिनेटमा उसले एक गोल फर्काएपनि इन्जुरी समयको पहिलो मिनेटमा फेरी अर्को डीनेले ब्यक्तिगत दोस्रो गोल थप्दा वाटफोर्डले पाँच एकको जित निकाल्यो ।

Post Add 1025X115
Loading...