चेल्सीलाई २ बर्षसम्म खेलाडी अनुबन्ध प्रतिबन्ध, ६ लाख स्विस फ्रांक जरिवाना

0

इग्लिस क्लव चेल्सीलाई अर्को दुई बर्षसम्मका लागि नयाँ खेलाडी अनुबन्ध गर्नबाट प्रतिबन्ध लगाइएको छ ।

फिफाको खेलाडी अनुबन्धको नियम तोडेको भन्दै चेल्सीलाई दुई बर्षका लागि रोक लगाएको छ । यसका साथै चेल्सीलाई ६ लाख स्विस फ्रांन्क पनि जरिवाना लगाएको छ । यस्तै फुटबल संघलाई पनि ५ लाख १० हजार स्विस फ्रांन्क जरिवाना लगाइएको छ । यो प्रतिबन्ध खेलाडी भित्र्याउन मात्र लागेको छ । क्लवले यो विचमा खेलाडीलाई रिलिज भने गर्न पाउनेछ ।

यसका साथै चेल्सीको महिला र फुटसल टिमलाई भने खुल्ला नै राखिएको छ । फिफाले क्लवलाई अपिलका लागि तीन दिनको समय दिएको छ । १८ बर्ष मुनिको खेलाडी अनुबन्ध गरेको अपिलमा गरेको अनुसन्धानमा फिफाले प्रमाणित गरेपछि उसलाई कारवाही गरेको हो । फ्रेन्च सञ्चारमाध्यम मिडियापार्टमा लिक भएको डाटा अनुसार चेल्सीले १९ खेलाडी अबको तीन बर्षमा अनुबन्ध गरेको र त्यसमा १४ खेलाडी १८ बर्ष मुनिको रहेको खुलासा गरेको थियो ।

Post Add 1025X115
Loading...