उत्कृष्ट कमब्याक गर्दै आर्सनल युरोपा लिगको प्रिक्वाटरफाइनलमा

0

आर्सनल युइएफए युरोपा लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बाटे बोरीसोभलाई तीन शुन्यले हराउँदै आर्सनलले समग्रमा तीन एकको जितका साथ अन्तिम १६ मा स्थान बनायो ।

पहिलो लेगमा एक शुन्यले पछाडी रहेको आर्सनलले घरेलु मैदानमा तीन शुन्यको सहज जित निकाल्यो । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चौथो मिनेटमा पिएरी इमेरीकको प्रहार बाटेका डिफेन्डर जाखार भोल्कोभसँग डिफेक्ट भएपछि उपहार गोल पायो । ३९ औं मिनेटमा स्खोद्रान मुस्ताफिीले ग्रानीत झाकाको कर्नरमा हेडर गोल गर्दै अन्तर दुई शुन्यमा पुर्याए ।

पहिलो लेगमा एक शुन्यले हारेपछि आलोचित बनेको आर्सनलले ६० औं मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि साक्रातीसले गोल गरे । त्यसपछि बाटेले खेलमा फर्कन दुई वटा मौका पाएपनि सफल हुन सकेन र आर्सनल विजयी भयो ।

Post Add 1025X115
Loading...