हेरौं दुई गुणा ठूलो ज्यान भएका रोलीको पोज (फाेटाे फिचर)

0

काठमाडौं, ४ फागुन । ४१ वर्षिय रोली विंक्लार जब काठमाडौंमा भइरहेको आईएफबीबी प्रो लिग क्वालिफायरमा गेस्ट पोजका लागि स्टेजमा देखिए त्यहाँको माहोलनै व्यग्लै भयो ।

४० वढी प्रतियोगितामा सहभागी भइसकेका नेदरल्याण्ड्का विंक्लार काठमाडौंमा भएको आईएफबीबी प्रो लिगकको हट केक नै थिए ।

पहिलो पटक नेपाल आएका उनले आफूलाई देश साह्रै मन परेको बताउँदै अर्को पटक केही दिन बस्ने गरि आउने पनि बताए ।

स्टेजमा पोज दिएसँगै उनी दर्शक दीर्घामा पनि समर्थकहरुका माझ सेल्फी खिचाउन धेरै बेर समय खर्चिए ।

जसमा उनले नेपाली दर्शक तथा पहिलो ड्यासमा रहेका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव केशबकुमार विष्ट, खेलकूद सचिव मोहनकृष्ण सापकोटासँग पनि उनी सेल्फीका लागि पुगेका थिए ।

दर्शक तथा विशिष्ट व्यक्तिसँग राेली वि‌ंक्लार

त्यसपछि फेरि स्टेज उक्लिएका रोलीको ज्यान नै देख्दा धेरै मन्त्र मुग्ध देखिए । १३० केजी तौल भएका रोलीलाई भीमकाय बडिबिल्डरका रुपमा चिनिन्छ । अहिले उनी विश्व बडिबिल्डिङको ठूलो प्रतियोगिता मानिने आर्नल्ड क्लासिकको तयारीमा छन् ।

Post Add 1025X115
Loading...