नेपालकी विनिता राईले जितिन आईएफबीबी प्रो कार्ड (फाेटाे फिचर)

0

काठमाडौं, ४ फागुन । नेपालकी विनिता राईले आईएफबीबी प्रो कार्ड जितेकी छिन् ।

उनले महिला फिजिक्स विधामा प्रो कार्ड जितेकी छिन् । योसँगै विनिताले सेप्टेम्बरमा अमेरिकाको लसभेगासमा आयोजना हुने बडि विल्डीङको ओलम्पिया खेल्नका लागि छनोट भएकी हुन् ।

एक पटक प्रो कार्ड जिते पछि ओलम्पियाको एमेच्योर र आनोल्ड क्लासिक खेलेपछि मिस्टर ओलम्पिया खेल्न पाइने आईएफबीबीको नियम छ ।
झापामा जन्मिएर अहिले ललितपुरको भैसेपाटीमा बस्दै आएकी ३६ वर्षीया विनिताले ४ वर्षदेखि जिममा लागेको बताइन् । शुरुमा शरीर फिट राख्नका लागि जिम गएकी विनिताले प्रो कार्ड जितेपछि आफूलाई खुसी लागेको बताइन । उनले तेस्रो प्रतियोगितामा अन्य प्रतिस्पर्धी नभएपछि स्वतः प्रो कार्ड पाएकी हुन् ।

ओलम्पियाका लागि अझै धेरै तयारी गर्नुपर्ने भएकाले त्यसका लागि आफूले गुरुहरुसँग सल्लाह गरे अघि बढ्ने पनि जानकारी दिइन् ।


आईएफबी प्रो लिग अन्तर्गत काठमाडौंमा ४ वटा प्रो कार्डका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विभिन्न तौल समूहमा भएको प्रतस्पिर्धाका स्वर्ण पदक जितेकाहरुका बीचमा प्रो कार्ड भिडन्त भएको थियो । जसमा ओभरअलमा इंग्ल्याण्डका जोनी डो रिगो (९०–१०२) केजी तौलमा प्रो कार्ड जित्न सफल भए ।
यसैगरी मेन्स फिजिक्समा भारतका सुब्रत सिंहले प्रो कार्ड जित्दा क्लासिक फिजिक्समा सिरियाका अद्रि हुसेनले जिते ।
कार्यक्रममा हटकेकका रुपमा रहेका रोली विंक्लारले गेस्ट पोज दिएका थिए ।

नेदरल्याण्डका विंक्लार आर्नोल्ड क्लासिकका विजेता हुन् । उनले स्टेजमा पोज दिनुका साथै दर्शकहरुसँग सेल्फी खिचाएर कार्यक्रमको हौसला बढाएका थिए ।

Post Add 1025X115
Loading...